Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल भन्छन् - सरकारसँग ठोस नीति छैन, परम्परागत नीतिमै छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले अहिलेको समस्या समाधान गर्नको लागि कुनै ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

समाजवादी प्रेस संगठनको दोस्रो स्थापना भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारसँग कुनै नयाँ कुरा नभएको आरोप लगाएका हुन् ।

‘अहिले सरकारको कुनै ठोस नीति लिएर अघि बढ्न सकेको छैन । परम्परागत नीतिमै छ । अहिलेका नीति, कार्यक्रम र बजेटहरूमा मैले नयाँ कुरा केही देखेको छैन । उही हिजोको नवउदारवादी चिन्तनको धरातलबाट नै सरकार दौडिरहेको छ,’ उनले भने ।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक टिप्पणी भनिएपनि कतै कार्यान्वयन नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077