Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • जिम्बाबेको राष्ट्रपतिमा पुनः एमर्सन मनाङ्गाग्वा निर्वाचित

    जिम्बाबेको राष्ट्रपतिमा पुनः एमर्सन मनाङ्गाग्वा निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 903
    SHARES

    एजेन्सी । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष) का लागि पुनः निर्वाचित भएका जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो ।



    जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरेको बताए ।



    मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज ९सीसीसी० का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताए। जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार