Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल र जिम्बाबेबीच एकदिवसीय र तीन टी–२० खेल हुने

    नेपाल र जिम्बाबेबीच एकदिवसीय र तीन टी–२० खेल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल र टेस्ट मान्यताप्राप्त जिम्बाबेको ए टिमबीच तीन एकदिवसीय र तीन टी–२० खेल हुने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।



    दुई देशबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा वैशाख १७ देखि २६ गतेसम्म आयोजना हुने क्यानले जनाएको छ ।



    क्यानका अनुसार जिम्बाबेको टोली १५ वैशाखमा नेपाल आइपुग्ने छ । १७ गतेदेखि एकदिवसीय सिरिज सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।

    त्यसपछि टी–२० सिरिज सुरु हुनेछ। वैशाख २३, २५ र २६ गते टी–२० खेल हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार