Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

    वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा विजयी सुरुवात गरेको छ ।

    साउदी अरेबियाको जेद्दास्थित किङ अल्बुल्लाह स्टेडियमको रिर्जभ मैदानमा भएको खेलमा नेपालले समूह ‘बी’ पहिलो खेलमा सिरियामाथि ४–१ को सजिलो जित निकालेको हो ।



    यो जितसँगै नेपालले लगातार दस खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको छ । नेपालले सन् २०२२ को वुमेन्स साफ च्याम्पियनसिपमा भारतलाई हराएयता अहिलेको जित आत्मसात गरेको हो ।



    नेपालको जितमा अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। एक गोल भने सिरियाले उपहार स्वरुप पायो । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार इराकको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार