Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • वाफ महिला च्याम्पियनसिप : प्यालेस्टाइनमाथि नेपालको सानदार जित

    वाफ महिला च्याम्पियनसिप : प्यालेस्टाइनमाथि नेपालको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । लगातार तेस्रो जितका साथ ९ अङ्क जोडेको नेपाल शीर्षस्थानमा रह्यो ।



    नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे ।



    नेपालले अब सेमिफाइनलमा पर्सि मंगलवार लेबनानसँग खेल्नेछ ।

    त्यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ बाट समूह विजेता बनेको जोर्डन र समूह ‘बी’ को उपविजेता प्यालेस्टाइन खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार