Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकदिवसिय क्रिकेट

    क्यानडाविरुद्ध नेपाल : अनिल र भीमको कीर्तिमानी साझेदारी र दोहोरो शतकसँगै ९ विकेटले विजयी

    क्यानडाविरुद्ध नेपाल : अनिल र भीमको कीर्तिमानी साझेदारी र दोहोरो शतकसँगै ९ विकेटले विजयी

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 852
    SHARES

    काठमाडौं । क्यानडाविरुद्ध एकदिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले ९ विकेटको शानदार जित हात पारेको छ । यससँगै नेपालले सिरिज क्लिनस्पिव गरेको छ ।

    नेपालका लागि भीम सार्की र अनिल शाहको शतकका साथ ९ विकेटले २२३ रनको लक्ष्य भेटाएको हो । नेपालको जितका लागि शतक प्रहार गरेका अनिल शाहले छक्का प्रहार गर्दै जित दिलाएक थिए ।



    नेपालका लागि शाह र भिम सार्की दुवैले शतक प्रहार गरेका थिए । अनिलले ११२ रन बनाउँदा भिमले १०१ रन बनाएका थिए ।



    नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।

    तर, तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।

    एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पूरा गरे ।

    अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे । भीमले पनि शतक पूरा गरे । उनले १२७ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाएका हुन् । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार