Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै भारतले जित्यो उपाधि

    दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै भारतले जित्यो उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 747
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

    गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।



    जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भयो ।



    त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

    पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले नै हराएको थियो । अब दुई देशबीच दुई खेलको टेस्ट शृङ्खला हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार