Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पेनाल्टीमार्फत नेपालले पायो ५ रन, १७ ओभरमा १ विकेटको क्षतिमा ९७ रन जोड्यो

    पेनाल्टीमार्फत नेपालले पायो ५ रन, १७ ओभरमा १ विकेटको क्षतिमा ९७ रन जोड्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 633
    SHARES

    काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ । क्यानडाका कप्तान शाद बीन जाफर ब्याटिङका क्रममा पिचमा कुदेपछि नेपालले पेनाल्टीमार्फत पाँच रन प्राप्त गरेको हो ।

    नियमअनुसार ब्याटरले दोस्रोपटक पिचमा टेकेपछि विपक्षी टिमलाई ५ रन पेनाल्टीमार्फत रन दिने गरिन्छ । आजको खेलमा जाफरले पहिलोपटक पिचमा टेकेपछि उनलाई अम्पायरले चेतावनी दिएका थिए । तर, त्यसपछि पनि उनले सोही गल्ती दोहोर्याएपछि नेपालले पाँच रन पेनाल्टीमार्फत पाएको हो ।



    एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाहुना टोली क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।



    उनी ४.५ ओभरमा डिलन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भए । नेपालले अहिलेसम्म १७औं ओभर खेल्दा १ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।

    एक खेल अघि नै क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट जितेको नेपालले आजको तेस्रो तथा अन्तिम खेलमा २३३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नभ्नीन धालीवालले ५० रन बनाए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी सादबिन जाफरले ३१ रन बनाउँदा श्रीयस मोभ्भाले २५ रन जोडे । क्यानडाका हर्ष ठाकेरले २९ रन बनाए ।

    नेपालका लागि आजै डेब्यू गरेका हेमन्त धामीले तीन विकेट लिए । यस्तै कुशल मल्लले दुई तथा ललित राजवंशी र आकाश चन्दले एकरएक विकेट लिए ।

    पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भने जितिसकेको छ । सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।

    उसका लागि ओपनर नवनीत धालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए । यस्तै, निखिल दत्तले ४५, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५, कप्तान सादन बिन जाफरले अविजित ३१, श्रीमन्थ विजेरत्नेले २२ रन जोडे । नेपालका लागि आज डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ५० रन दिएर सर्वाधिक तीन विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार