Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री महतको आग्रह - विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउनू

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् ।

क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्ने क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

उनले अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्र लगानीको लागि आकर्षक रहेको बताए ।

यस्तै नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077