Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीका विरोधीलाई छानीछानी चुनाव हराइयो : झलनाथ खनाल

काठमाठौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित उक कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादीका सम्मानित नेता खनालले यस्तो बताएका हुन् । नेता खनालले एमसीसीको सवाल लामो समयसम्म अझै कुरा उठ्नसक्ने बताए ।

नेता खनालले भने, ‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ । अब जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त रु त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके । साम्राज्यवादका सामुन्ने नतमस्तक भएर अनुमोदन गरियो । यो इतिहासको दुर्भाग्यपूर्ण क्षण हो ।’

एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको नेता खनालको भनाई छ ।

सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077