Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुन तस्करीसहित सबै विषयमा छलफल हुन्छ : रामहरि खतिवडा

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित रामहरि खतिवडाले सुन तस्करीसहित प्रकरणमा आफूले समितिमा छलफल गर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडालाई जिम्मेवारी हस्तान्तरण गरिसकेपछि बोल्दै सभापति खतिवडाले यस्तो बताएका हुन् ।

सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए । उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077