काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एसपीपी सम्झौताको तयारी भइरहेको दाबी गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको दाबी गरेका हुन् ।
उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको बताए । एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने उनको भनाई छ ।
उनले एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको हो भने किन दस्तावेजहरू लुकाएको भन्दै प्रश्नसमेत गरेका छन् ।