Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुधबारबाट एमसीसी कार्यान्वयनमा जाँदै, एमसीसीका उपाध्यक्ष आज काठमाडौं ओर्लिदै

    बुधबारबाट एमसीसी कार्यान्वयनमा जाँदै, एमसीसीका उपाध्यक्ष आज काठमाडौं ओर्लिदै

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्दै छ ।

    एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै बेलुकी काठमाडौं आइपुग्न लागेका हुन् ।



    क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ ।



    एमसीसी भोलिबाट औपचारिक रुपमा कार्यान्वयन सुरु हुने भएको छ । १३ भदौमा अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात हुने कार्यक्रम रहेको छ । एमसीसी औपचारिक सुरुवात भएको ५ वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ ।

    त्यसरी हेर्दा १२ भदौ ०८५ मा यो परियोजना सम्पन्न भइसक्नुपर्छ । उक्त परियोजनामा नेपाल र अमेरिकाको संयुक्त लगानी रहेको छ । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड डलर लगानी रहने बताइएको थियो । तर, चालु आर्थिक वर्षमा ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर थपिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार