Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकीहरु गिद्धको रुपमा नेपाल छिर्न खोज्दैछन् : विप्लव

    अमेरिकीहरु गिद्धको रुपमा नेपाल छिर्न खोज्दैछन् : विप्लव

    एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.5K
    SHARES

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीको माध्यमबाट नेपाल आउन लागेको दाबी गरेका छन् । उनले अमेरिकीहरु गिद्धको रुपमा नेपाल छिर्ने प्रयासमा रहेको टिप्पणी गरेका छन् ।

    मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव चन्दले समाजवादी मोर्चाको उद्देश्य विदेशी साम्राज्यवादका विरुद्धमा लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने र भ्रष्टाचारमुक्त नेपालको कल्पना भएको बताए ।



    उनले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध लड्ने घोषणा गरेका छन् । कार्यक्रममा उनले भने–‘भोलिका दिनमा यहाँ केही गिद्धहरु ओर्लँदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५ अर्ब होइन ५० खर्ब पनि लिन्छौं तर, उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गर्छौं, लड्न पनि तयार छौं ।’



    उनले एमसीसी र बीआरआईले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने भन्दै त्यस्तो सहयोगमा सहकार्य गर्न पनि आफूहरू तयार रहेको बताए । तर सहयोगका नाममा नेपालको स्रोत साधनको दोहन र अपहरण गर्न नपाउने उनले बताए ।

    कार्यक्रममा उनले प्रधानमन्त्री र माओवादीलाई अपराधीको रूपमा चित्रण गरेर दलाल पुँजीपतिहरुले आफ्नो स्वार्थपूर्ति गर्न लागेको भन्दै त्यस्तो स्वार्थ कदापि पूरा गर्न नदिने पनि बताए । चन्दले माओवादी आन्दोलनलाई अपराधिकण गर्न खोज्ने जोकोहीको लक्ष्य सफल हुन नदिने पनि बताएका थिए । ु

    समाजवादी मोर्चामा मिसिँदा र प्रधानमन्त्री दाहाललाई सघाउँदा कतिपयले आफ्नो खिसिट्युरी गरेको भन्दै उनले परिवर्तनका लागि हिजो सँगै गरिएको लडाइँलाई संस्थागत गर्नु आफ्नो कर्तव्य भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार