Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव शंकर पोखरेलको टोली चीन भ्रमणमा जाँदै

काठमाडौं । नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ ।

चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी महासचिव शंकर पोखरेलको नेतृत्वमा १७ जना नेताहरुको टोली चीन जाने भएको हो ।

एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई चीन पठाउने गरी निर्णय भइसकेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि असोज ४ गते चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग वार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077