Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा अनुसन्धान गर्न बुधबार दिउँसो राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।

भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो ।

चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ नगरेपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077