Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा विप्लवको प्रदर्शन

    एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा विप्लवको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ ।

    नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् ।



    विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत सहभागी थिए ।



    नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरे ।

    अर्थमन्त्री डा.प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार