Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामाजिक सञ्जालमा अश्लिल भिडिओ पठाउने युवक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमा अश्लिल फोटो-भिडिओ पठाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१४ का २५ वर्षीय सुसन चौगुठी गरेका छन् ।

चौगुठीविरूद्ध पीडितले प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो-भिडिओ नक्कली आइडीबाट अन्य व्यक्तिलाई पठाएर चरित्र हत्या गरेको उजुरी दिएकी थिइन्।

सोही उजुरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी पठाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077