Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली क्रिकेट टिमलाई बाबुराम भट्टराईका तीन सुझाव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली क्रिकेट टिमलाई तीनवटा सुझाव दिएका छन्।

बुधबारदेखि सुरु भएको एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले तीन सुझाव दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा भट्टराईले पाकिस्तानलाई साँढे र नेपाललाई बाच्छाका रुपमा लिँदै जुध्नु नै ठूलो कुरा भएको बताए ।

एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरीयताको अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यंकन गर्नु उपयुक्त हुने उनको भनाइ छ।

यद्यपि, अझै अर्को साँढे भारतसँग जुध्न र सिक्न बाँकी रहेको टिप्पणी गर्दै उनले अबका खेलमा तीनवटा सुधार गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077