Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफ्नो सीमानामा सैन्य बल खडा नगर्न अमेरिकालाई सिरिया र इरानको चेतावनी

    आफ्नो सीमानामा सैन्य बल खडा नगर्न अमेरिकालाई सिरिया र इरानको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 852
    SHARES

    एजेन्सी । सिरिया र इराकले आफ्नो सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

    सिरियाली विदेशमन्त्री फैसल मेकदाद र इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।



    सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरे ।



    त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्‍याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिनुभयो । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार