Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?

    सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।



    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० छ ।



    यसको मूल्य अघिल्लो दिन एक लाख १२ हजार दुई सय ५० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार