Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा चुच्चे नक्साबारे कुरा हुन्छ : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रमणमा कुरा राख्ने बताएको छ ।

शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन् ।

प्रवक्ता सापकोटाले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’

प्रवक्ता सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्री प्रचण्डले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिए । चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै उनले कुटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077