Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ

    नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.6K
    SHARES

    संकेतिक तस्विर

    मकवानपुर । मकवानपुर प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका-१ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङ छन्।



    दिपेश र धर्मेन्द्रलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरेको हो।



    अनुसन्धानको क्रममा संलग्नता देखिएकाले बिजयलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    उनीहरुको साथबाट प्रहरीले ९५ हजार रूपैयाँ नक्कली नोट बरामद गरेको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार