Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • हेटौँडाबाट ९५ हजार नक्कली नोटसहित तीनजना पक्राउ

    हेटौँडाबाट ९५ हजार नक्कली नोटसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.1K
    SHARES

    मकवानपुर । प्रहरीले मकवानपुरको हेटौँडाबाट ९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरिया-१ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका-२ का ४० वर्षीय विजय तामाङ रहेका छन् ।



    उनीहरुलाई हिरासतमा राखेर नक्कली नोटको कारोबारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार