Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्कियो : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्किएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रले शनिबारदेखि सुरु गरेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को गृहजिल्ला सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा न ३ वाफलमा उद्घाटन गर्दै पार्टी प्रवक्तासमेत रहेका सापकोटाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले अभियान उद्घाटन कार्यक्रम र जनताको घरदैलोमा पुगेर अन्तरक्रिया गरेका थिए ।

जनताको बलमा विश्वलाई चकित पार्ने जनयुद्ध सम्भव भएको बताउँदै उनले फेरि जनताकै बलमा सामाजिक न्याय सहितको वैज्ञानिक समाजवाद स्थापनाका लागि पहल लिइने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077