Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्कियो : उपाध्यक्ष सापकोटा

    माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्कियो : उपाध्यक्ष सापकोटा

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्किएको टिप्पणी गरेका छन् ।

    माओवादी केन्द्रले शनिबारदेखि सुरु गरेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को गृहजिल्ला सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा न ३ वाफलमा उद्घाटन गर्दै पार्टी प्रवक्तासमेत रहेका सापकोटाले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले अभियान उद्घाटन कार्यक्रम र जनताको घरदैलोमा पुगेर अन्तरक्रिया गरेका थिए ।

    जनताको बलमा विश्वलाई चकित पार्ने जनयुद्ध सम्भव भएको बताउँदै उनले फेरि जनताकै बलमा सामाजिक न्याय सहितको वैज्ञानिक समाजवाद स्थापनाका लागि पहल लिइने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार