Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल-भारतबीचको खेल हेर्न मेयर बालेन श्रीलंका जाँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) श्रीलंका जाने भएका छन्।

एसिया कप क्रिकेटअन्तर्गतको नेपाल-भारत बीचको खेल हेर्न मेयर बालेन श्रीलंका जान लागेका हुन् ।

श्रीलंकामा भोलि हुने नेपाल-भारत बीचको खेल हेर्न उनी त्यहाँ जान लागेका उनको सचिवालयले जनाएको छ।

उनी अहिले ४ बजे त्यसतर्फ जाने छन्। यसअघिको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। मेयर बालेन हिमालयन एयरलाइन्समार्फत् श्रीलंका जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077