Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

‘गिरिबन्धु टी स्टेट’ प्रकरणको छानबिन गर्न कांग्रेस सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरिबन्धु टी स्टेट भ्रष्टाचार काण्डको तत्काल छानबिन गर्न माग गरेका छन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले यस्तो बताएका हुन् ।

सांसद खतिवडाले गिरिबन्धु टी स्टेटमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन शुरू गर्न सरकारसँग माग गरे। झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टा–पट्टामा ठूलो आर्थिक चलखेल भएको भन्दै यसको छानबिनको माग उठिरहेको छ ।

केही दिन अगाडीमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धुको बारेमा छानबिन गर्ने बताएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गिरिबन्धु सम्बन्धमा छानबिन गर्न सरकारलाइ चुनौती दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077