Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनका कारण 'रुटिन अफ नेपाल बन्द'को पेज बन्द

काठमाडौं । लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई बचाउ गरेको आरोप लागेपछि पेज बन्दको निर्णय लिइएको बताईएको छ ।

पेजका सञ्चालक पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो । पाठकलाई कुनै सूचना दिइएको छैन ।

विवादमा परेपछि रुटिनले अस्थाइरुपमा पेज बन्द गरेको हो। मेयर बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो

। भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गरेको थियो । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077