Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री महत भन्छन् - देशको अर्थतन्त्र सुधारको दिशामा अघि बढ्यो, निराश हुनु पर्दैन

कास्की । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् ।

पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन् ।

मन्त्री महतले महाभूकम्प, कोभिड महामारीदेखि विश्वमा आएको आर्थिक सङ्कटले देशको अर्थतन्त्रमा केही समस्या आएको जनाउँदै हाल अर्थतन्त्र सुधारको दिशामा अघि बढेको बताए ।

मन्त्री महतले अहिले बजारमा अनावश्यक कुरा फैलाउने जमात प्रति ईगित गर्दै नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने बताउँदै अलिकति समस्या आयो भन्दैमा निराश हुनु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077