Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिप्टो कारोबारमा संलग्न पुरूषोत्तम पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय क्रिप्टो कारोबारमा संलग्न रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका-३ का २७ वर्षीय पुरूषोत्तम कार्की रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा आवद्ध भई बिनान्स आइडी खोली क्रिप्टो खरिद बिक्रीको लागि सम्झौता गरी विभिन्न व्यक्तिहरूको बिनान्स आइडीमा ३ हजार ७२६.९८ रुपैयाँ डलर बराबरको रकम राखी उक्त आइडीबाट विभिन्न व्यक्तिहरूको बैंक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा  प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077