Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली विज्ञापनको भर पर्दा ३४ लाख चैट !

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाई दिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साह रहेका छन् ।

उनीहरुले वैदेशिक रोजगारीका लागि क्यानडा पठाई दिने भन्दै बिभिन्न व्यक्तिहरुबाट ३४ लाख रुपैयाँ ठगेका थिए । पीडितहरू प्रहरीको सम्पर्कमा आएपछि मात्रै यो ठगीको काण्ड बाहिर आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठूलो रकम गुमाउन पुगेका हुन् ।

उक्त विज्ञापनमा पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूको खातामा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई उनीहरुले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077