Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप, २३ सेल अश्रुग्यास प्रहार

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा रहेको सोनमा माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो ।

विद्यार्थीहरू प्रहरीमाथि ढंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको छ ।

ढुंगामुढाबाट आधा दर्जन प्रहरी घाइते भएको बताइएको छ। अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ।

विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077