Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको घटना सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दे सचेतक बर्तौलाले राजधानीमा दिनदाहाडै कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

बतौलाले भने, ‘कांग्रेस सहमहामन्त्रीमाथि राजधानीमा दिनदाहाडै सांघातिक हमला गरेकोमा एमालेको तर्फबाट भत्र्सना गर्दछु, यसको प्रधानमन्त्रीले जिमा लिनुपर्छ जवाफ दिनुपर्छ । सत्तापक्षका सहमहामन्त्रीमाथि भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएर जवाफ दिनुपर्छ ।’

सचेतक बतौलाले हमला गर्ने अपराधीलाई प्रोत्साहन गर्नेगरी समाजिक सञ्जालमा भएको कमेन्ट पनि आपत्तिजनक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077