Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

झा नेपाली कांग्रेसनिकट हुन्। आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका थिए।

उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन् । उनी १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए ।

आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा झासँगै, डा. पियुष दाहाल, डा.प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा.विधाननिधि पौडेल, प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा.संगितासिंह भण्डारी र प्रा.डा.सुमनकुमार श्रेष्ठ थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077