Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित एक जना स्वयम्भूबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका-४ धारापानी घर भई नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्ने ३८ वर्षीय गौरव थापा छन्।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार गरिरहेका छन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरी खटिएको थियो।

उनीबाट प्रहरीले हजारको नोटहरू कुल एक लाख बराबरको नक्कली नोट बरामद भएको हो।

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077