Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइनमार्फत झुटो रिसिप्ट पठाएर ११ लाख ठगी गर्ने सुसन प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत झुटो रिसिप्ट पठाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका घर भएका २२ वर्षीय सुसन घिमिरे छन् ।

सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा विकास राना नामका व्यक्तिसँग कुरा गरेर आफु युकेमा भएको र औंठी गिफ्ट पठाउने बहानामा घिमिरेले ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनलाइनमार्फत सामान अर्डर गरेर बैंक खातामा रकम पठाउँछु भन्दै घिमिरेले खातामा रकम पठाएको झुटो रिसिप्ट पठाएर ठगी गरेका थिए ।

उनले १० लाख ९५ हजार ५ सय रकम ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077