Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाइ भेट्न बालकोट पुगिन् मानुसी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

अध्यक्ष ओलीलाई भेट्न मानुसी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन् ।

फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’

मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077