Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एनआईसी एशिया बैंकले ल्यायो ‘स्मार्टफोन जित्ने’ अफर

    एनआईसी एशिया बैंकले ल्यायो ‘स्मार्टफोन जित्ने’ अफर

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैङकिङ्ग ग्राहकहरूका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।

    डिजिटल बैङ्किङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि यस्तो अफर ल्याएको हो । अफर अन्तर्गत हरेक हप्ता एक जना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने छन् ।



    त्यसका लागि ग्राहकले बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरेर कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्सफर गर्नु पर्नेछ । यो अफर यही भदौ १७ गतेबाट असोज २० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।



    बैंकका अनुसार आइतवारदेखि शनिवारको अवधिलाई एक हप्ता मानिने छ । उक्त समयमा ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने छ । साथै विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ ।

    २४ लाखभन्दा बढीको संख्यामा रहेका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले कनेक्ट आईपीएसमार्फत प्रति दिन ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सक्ने बैंकले जनाएको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकमध्येको बैंक हो ।

    यस बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६०१ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनताले सेवा लिएका बैंकको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार