Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विद्वान गुरुङले भने - कि गृहमन्त्रीलाई बर्खास्त गर्नुस कि आफैं हट्नुस्

काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरूण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्रालयकै योजनामा सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको दाबी गरेका छन् ।

कांग्रेसका सहमहामन्त्री यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । अध्यक्ष गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरे ।

गृहमन्त्रीलाई नहटाउने भए आफैं हट्न अध्यक्ष गुरुङको चेतावनी छ ।कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।

तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077