Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

    राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 1.6K
    SHARES

    मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् ।



    उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल नै नभएको दाबी गरे ।



    अध्यक्ष लिङ्देन भने, ‘यो विषयमा अहिले कुनैपनि छलफल नै भएको छैन । हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौँ । हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन ।’

    कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका अध्यक्ष लिङ्देनले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आयो भने संविधानको रक्षार्थ आफ्नो मत दिने स्पस्ट पारेका छन् ।

    तर, उनले कोशीमा एमाले र कांग्रेस मिलेरै प्रदेश सरकारलाई स्थायित्व दिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार