Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

हेटौँडा। बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सबै दलहरूसँग छलफलको तयारी गरेका हुन् ।

उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077