Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश श्रेष्ठलाई डोटेली समाजले गर्‍यो अभिनन्दन

    प्रधानन्यायाधीश श्रेष्ठलाई डोटेली समाजले गर्‍यो अभिनन्दन

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँले अभिनन्दन गरेको छ ।

    डोटेली समाज, काठमाडौँका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको हो ।



    समाजका सहकोषाध्यक्ष टेकबहादुर बमका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ डोटीवासी तथा डोटेली समाजका आजीवन सदस्यसमेत रहेकाले अभिनन्दन गरिएको छ ।



    विसं २०४८ मा डोटेली समाजको स्थापना भएको संस्थाका अध्यक्ष जगदिश केसीले बताए। कार्यक्रममा पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले, पूर्वमन्त्री तथा कांग्रेसका नेता भक्तबहादुर बलायर, पूर्वप्रदेशसभा सदस्य भरतबहादुर खड्का, लालबहादुर खड्का, सचिव विनोशप्रकाश सिंह, नेकपा एमालेका नेता लक्ष्मण मलासी लगायतको उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार