Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

स्रोत नखुलेको २० लाखसहित नवलपरासीबाट दुई जना पक्राउ

नवलपरासी । स्रोत नखुलेको २० लाख रुपैयाँ नेपालीसहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र सोही ठाउँका गफ्फार राइन कुजडा रहेका छन्।

उनीहरुलाई नवलपरासीको सरावल गाउँपालिका– ७ भूजहवाबाट २० लाख रुपैयाँ नेपालीसहित भूजहवा प्रहरी चौकीले नियन्त्रणमा लिएको हो।

नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासी प्रहरीले जनाएको छ ।

कम्मरले पेटीमा बाँधेर लुकाएर ल्याएको अवस्थामा दुई जनाबाट बरामद भएको रकममा १ हजार १९० थान हजार र १ हजार ६२० थान पाँच सयका नोट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077