Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्बिया पठाईदिन्छु भन्दै १७ लाख ठगी, मिनभवनबाट राजकुमार पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्बिया पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखि गाँउपालिका-१ स्थाई घर भई हाल भक्तपुरको ठिमि नगरपालिका-३ बस्ने राजकुमार लामिछाने रहेका छन् ।

पक्राउ परेको लामिछानेले बलराम थपामगरसहित ३ जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि सर्बिया पठाई दिने भन्दै १७ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लामिछानेले मासिक १ लाख ५० हजार भन्दा बढी कमाई हुने भन्दै उनीहरुसंग १७ लाख रुपैयाँ मागेका थिए । लामिछानेले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लामिछानेलाई आज मिनभवनबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लामिछानेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077