Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी, तीनजना पक्राउ

काठमाडौं । फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गर्ने तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ छन् । गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यस्तै कैलाली लम्किचुहा नगरपालिका–५ स्थाइ घर भई हाल काठमाडौं– २६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षको चित्रबहादुर मगरले टर्की पठाइ दिने भन्दै निशान खड्कासँग २ लाख ५० हजार लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सर्बिया पठाइदिन्छु भन्दै तीन जनासँग १७ ठगी गरेको धादिङको ज्वालामुखी गाउँपालिका घर भइ भक्तपुरको थिमी नगरपालिका ३ बस्ने राजकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले बलराम थपामगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै पटक पटक गरी १७ लाख ठगी गरेको प्रहरीको भनाइ छ। उनलाई काठमाडौंको मीनभवनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077