Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

    पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 813
    SHARES

    फाइल तस्विर

    बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ ।

    आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो ।



    उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आइतबारदेखि उक्त राजमार्ग अवरूद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।



    यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रूख खस्दा अवरूद्ध भएको छ। गए राति खसेका चारवटा रूखले राजमार्ग अवरूद्ध पारेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार