Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जयपृथ्वी राजमार्ग अवरुद्ध

    जयपृथ्वी राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    बझाङ । पहिरो खस्दा जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा सडक अवरुद्ध भएको छ ।

    सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।



    जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।



    उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उनले बताए । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार