Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धादिङबेँसी–मलेखु सडकखण्डमा पहिरो खस्यो, तत्काल खुलाउन कठिनाइ

    धादिङबेँसी–मलेखु सडकखण्डमा पहिरो खस्यो, तत्काल खुलाउन कठिनाइ

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 615
    SHARES

    फाइल तस्विर

    धादिङ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडकमा पहिरो खसेको छ ।

    नीलकण्ठ नगरपालिका– ८ स्थित च्याडु घुम्तीनजिकै सडकमाथिबाट खसेको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।



    बुधबार दिउँसो १२ः३० बजेदेखि सडक दुवैतर्फ अवरुद्ध हुँदा यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्ण रूपले ठप्प भएको हो।



    पहिरोसँगै ठूल्ठूला ढुङ्गा र रुखसमेत खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै पहिरो खसेको ठाउँ साँघुरो घुम्तीसँगै उकालो भएकोले जोखिम बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार