Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधानको व्यवस्थामै त्रुटि छ, संविधान संशोधन गरौं : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान संशोधन गरेर यसलाई सच्याउनुपर्ने बताएका हुन् । अध्यक्ष यादवले संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको बताए ।

अध्यक्ष यादवले भने, ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना समान्य हुन् । संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए । तर, हाम्रो सिस्टममै दोष छ । जुन खालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ । संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो । मन्त्रीमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नुहुँदैन ।’

संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको उनले बताए । तर संविधानमा पाँच चरण पार गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । जसपा अध्यक्ष यादवले संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077