Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले सीपीसीका विदेश विभाग प्रमुखलाई भने - चुच्चे नक्सामा चीनको साथ चाहन्छौं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

सोमबार चीन भ्रमणमा रहेका महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । भेटमा महासचिव पोखरेलले संसदबाट पछिल्लो समयमा जारी नेपालको चुच्चे नक्सामा चीनको साथ खोजेका छन् ।

महासचिव पोखरेलले भने, ‘हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ।’

नेपाल एक चीनको पक्षमा दृढ रहेको र नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने उनले बताए ।उनले सन् १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077